गिरीबन्धु टी-इस्टेटको गेटमा कुकर बम र माओवादीको पर्चा

गिरीबन्धु टी-इस्टेटको गेटमा कुकर बम र माओवादीको पर्चा

अर्थ चौतारी

गिरीबन्धु टी-इस्टेटको गेटमा कुकर बम र माओवादीको पर्चा

A A- A+

झापा – झापाको विर्तामोडस्थित गिरीबन्धु टी-इस्टेट उद्योगको गेट अगाडि कुकर बम भेटिएको छ। पूर्वपश्चिम राजमार्गदेखि दक्षिणमा चालु अवस्थामा रहेको गिरीबन्धु टी-इस्टेटको उद्योगको गेट अगाडि पड्काइसकेको कुकर फेला परेको हो। बम राति नै पड्काएको अनुमान गरिएको छ।

विष्फोट भए पनि कुनै क्षति भएको छैन। बम पड्केको आवाजसमेत नसुनेको स्थानीयले बताएका छन्।

बमसँगै पर्चा पनि भेटिएको छ। नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा पर्चा भेटिएको हो। त्यो समूहको आधिकारिकताबारे थाहा हुन सकेको छैन।

त्रसित र आतंकित पार्ने उद्देश्यले त्यस्तो क्रियाकलाप गरेको हुनसक्ने टी-स्टेटका संचालक छत्र गिरीले जानकारी दिए। घटनास्थलमा प्रहरी टोली पुगिसकेको विर्तामोड प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?