‘तेल भिसा’को ‘तुकुनको मुकुन’ गीतमा विपिन र पूजाको छमछमी

‘तेल भिसा’को ‘तुकुनको मुकुन’ गीतमा विपिन र पूजाको छमछमी

अर्थ चौतारी

‘तेल भिसा’को ‘तुकुनको मुकुन’ गीतमा विपिन र पूजाको छमछमी

A A- A+

काठमाडौँ, २७ भदौ । आगामी मंसिर ७ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक गरिएको छ । कृष्ण भारद्वाजको संगीत तथा निर्विकल्पम, कृष्ण भारद्वाज, शंकर अधिकारी (घायल) र नवीन बिकको शब्द रचना रहेको गीतमा शान्तिश्री परियार र साइराज खातीको गायन छ । लोक शैलीमा तयार पारिएको यो गीतका शब्द र भिडियो मौलिक हिसाबको छ ।

रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतमा फिल्मका शीर्ष अभिनेता विपिन कार्की, अभिनेत्री पूजा चन्दसहितका कलाकारहरु नृत्य गर्दै प्रस्तुत छन् । गीतको सेटअपले बिहेको माहोल दर्शाउँछ । विपिन र पूजा श्रीमान्-श्रीमतीको रुपमा देखिएका छन् । गीतमा उनीहरु रोमान्टिक बनेका छन् । ‘तुकुनको मुकुन...’ गीतले फिल्मको हाइप बनउन ठूलो भूमिका खेल्नेमा निर्माण टिम विश्वस्त छ ।

शंकर घिमिरेको लेखन एवं निर्देशनमा तयार भएको फिल्ममा विपिन अर्धवैसे र जवान गरी दोहोरो भूमिकामा छन् । फिल्ममा वर्षा राउत, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती लगायतको पनि अभिनय छ । यसअघि सार्वजनिक ‘हरि नाम झैँ’ गीतबाट फिल्मको कथासार बुझाइएको थियो, जसमा छोराको सन्तान हुने भएपछि नेपालबाट अमेरिका गएकी आमाले भोग्नुपरेको कठिनाईलाई देखाइएको थियो ।

ऋचा घिमिरे प्रस्तुतकर्ता रहेको ‘तेल भिसा’मा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन तथा अजय खड्काको सम्पादन छ । छोरी वा बुहारी सुत्केरी हुँदा बच्चा स्याहार्न आमा-बुबालाई अमेरिका बोलाइन्छ, त्यसलाई व्यंग्यात्मक रुपमा तेल भन्ने गरिएको छ । फिल्मले उठाएको विषय पनि यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?