उपसभामुखको पक्षमा उभिने सिके राउतको तयारी, राप्रपापनि हटाउन नहुने पक्षमा

उपसभामुखको पक्षमा उभिने सिके राउतको तयारी, राप्रपापनि हटाउन नहुने पक्षमा

अर्थ चौतारी

उपसभामुखको पक्षमा उभिने सिके राउतको तयारी, राप्रपापनि हटाउन नहुने ...

A A- A+

काठमाडौं, २७ भदौ । उपसभामुख इन्दिरा रानालाई हटाउने कांग्रेस–एमालेको तयारी छ । तर, सत्ता गठबन्धनमा रहेको जनमत पार्टी भने त्यसको विरोधमा उभिने चर्चा छ । सो दलका अध्यक्ष डा. सिके राउतले अहिले उपसभामुख हटाउने विषय शोभनीय नहुने र राजनीतिक दाउपेचको लागि मात्रै हुने भन्दै त्यसको सार्वजनिक रुपमै आलोचना गर्न थालेका छन् ।

उनले यो विषयमा पार्टीभित्र आन्तरिक रुपमा छलफलसमेत गरिसकेका छन् । उनले इन्दिरा रानालाई हटाएर कांग्रेस र एमालेले संवैधानिक परिषद्मा बहुमत पुर्याउने र त्यसपछि साना दललाई मास्नको लागि कदम चाल्न खोजिएको निश्कर्ष निकालेका छन् । रास्वपाले त रानालाई हटाउन प्रस्ताव ल्याईए त्यसको डटेर सामना गर्ने भनेको छ।

उता, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले पनि उपसभामुख रानालाई हटाउने कांग्रेस र एमालेको तयारीको विरोध सुरु गरिसकेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि गृहजिल्ला झापामा पुगेर उपसभामुख हटाउने दुई ठूला दलको तयारीको विरोध गरेका छन् ।

राप्रपासमेत उपसभामुख रानाको पक्षमा उभिँदा कांग्रेस र एमालेलाई उपसभामुखलाई हटाउनको लागि कठिन हुने चर्चा छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि उपसभामुखलाई हटाउनको लागि सहमति जनाएका छन् । यद्धपी कांग्रेसकै केही सांसदहरुले भने त्यसको आलोचना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?