रफाहमा हमासका नेताको मृत्यु भएको इजरायली सेनाको दाबी

रफाहमा हमासका नेताको मृत्यु भएको इजरायली सेनाको दाबी

अर्थ चौतारी

रफाहमा हमासका नेताको मृत्यु भएको इजरायली सेनाको दाबी

A A- A+

२६ भदौ । इजरायली सेनाले मङ्गलबार दक्षिणी गाजा पट्टीको रफाह सहरमा हमासको तेल अल–सुल्तान बटालियनका कमान्डर महमुद हमदानको मृत्यु भएको दावी गरेको छ ।

ड्रोन निगरानीको माध्यामबाट हमास सेलहरू पत्ता लगाई इजरायली वायु सेनाले आक्रमण गरी छापामार्ने क्रममा हमदान, बटालियनका तीन अतिरिक्त कम्पनी कमान्डरहरूसँगै मारिएको इजरायली सैन्य प्रवक्ता अविचे अद्राईले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

गत अक्टोबरमा रफाहमा इजरायली सेनामाथि आक्रमण र अन्य कारबाहीको योजना बनाउन महत्वपूर्ण भूमिका खेलेको हामदानले बताएका छन् ।

बटालियनको नेतृत्व तह र यससँग सम्बन्धित दर्जनौँ अन्यलाई हटाइएको अद्राईले घोषणा गरेका छन् ।यस विषयमा हमासको पक्षबाट भने हालसम्म कुनै टिप्पणी आएको छैन ।

अद्राईले लडाकु विमानले मध्य गाजाको अल–बुरेज क्षेत्रमा पहिले मस्जिद भएको भवनमा लुकेको ‘कमान्ड एण्ड कन्ट्रोल कम्प्लेक्स’भित्र हमाससम्बद्ध समूहलाई लक्षित गरी आक्रमण गरेको बताएका छन् ।

हाल उक्त मस्जिद परिसर इजरायली सेनाविरुद्ध आक्रमणको योजना बनाई कार्यान्वयन गर्न प्रयोग गरिएकोसमेत उनले बताएका छन् ।

यसैबीच, प्यालेस्टिनी सुरक्षा तथा चिकित्सा स्रोतले इजरायली लडाकु विमानले अल–फारुक मस्जिद र अल–बुरेज शरणार्थी शिविरको युवा क्लबलाई पनि लक्षित गरी आक्रमण गरेको जनाएको छ । चिकित्सा स्रोतले हवाई आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएको जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?