कोदालो प्रहार गरी दाजुको हत्या

कोदालो प्रहार गरी दाजुको हत्या

अर्थ चौतारी

कोदालो प्रहार गरी दाजुको हत्या

A A- A+

डोटी — डोटीमा सहोदर भाइले कोदालो प्रहार गरी दाजुको हत्या गरेका छन् । जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाजु गणेश बहादुर जोराको हत्या गरेको डीएसपी भिमलाल भट्टराइले जानकारी दिए।

डीएसपी भट्टराइका अनुसार सोमबार नै प्रहरीले नरबहादुरलाई नियन्त्रणमा लिइसकेको छ । सोमबार दिउँसो ३ बजेको समयमा नरबहादुरले दाजु गणेशबहादुरको टाउकोमा कोदालो प्रहार गरेका थिए ।

घरायसी विवादपछि झगडा हुँदा भाइले कोदालो प्रहार गरेको र दाजुको घटनास्थलमै मृत्यु भएको पाइएको डीएसपी भट्टराईले बताए ।

प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?