१०० दिनसम्म सरकारलाई सुविधा दिने रवि लामिछानेको भनाई

१०० दिनसम्म सरकारलाई सुविधा दिने रवि लामिछानेको भनाई

अर्थ चौतारी

१०० दिनसम्म सरकारलाई सुविधा दिने रवि लामिछानेको भनाई

A A- A+

काठमाडौं, २४ भदौ । पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई एक सय दिनसम्म कुर्ने बताएका छन् । अहिले सरकारको काम हेर्दा सन्तोषजनक नभएको उनको भनाई छ । पार्टीको सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकको लागि धनगढी पुगेका लामिछानेले यस्तो बताएका हुन् ।

कांग्रेस र एमालेको वर्तमान सरकारबाट जनतामा निराशा छाएको उनको भनाई छ । सरकारको कामकारबाहीलाई लिएर आफूहरुले निरन्तर खबरदारी गरेको लामिछानेको दाबी छ ।

लामिछानेले भने,‘सरकारको काम अहिलेसम्म हेर्दा सन्तोषजनक देखिएको छैन। हामीले खबरदारी गरिरहेका छौँ। नियालिरहेका छौँ। जनताको जुन आशा छन् त्यो सरकारको व्यवहारबाट देखियोस् भन्ने चाहेका छौँ। तर, त्यस्तो कुनै छनक देखेको छैन। सरकार योजनामा होला सय दिनसम्म सरकारलाई सुविधा दिनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?