मेक्सिकोमा न्यायिक सुधारको प्रस्तावको विरोधमा प्रदर्शन

मेक्सिकोमा न्यायिक सुधारको प्रस्तावको विरोधमा प्रदर्शन

अर्थ चौतारी

मेक्सिकोमा न्यायिक सुधारको प्रस्तावको विरोधमा प्रदर्शन

A A- A+

मेक्सिको सिटी, २४ भदौ । लोकप्रिय मतबाट न्यायाधीश चयन हुने विवादास्पद न्यायिक सुधार प्रस्तावको विरोधमा मेक्सिकोका हजारौँ नागरिकले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् । मुख्यतया अदालतका कर्मचारी र कानूनका विद्यार्थीले प्रस्तावको विरोध गरेका हुन् ।

निवर्तमान राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले अघि सारेको र तल्लो सदन ‘चेम्बर अफ डेपुटीज’ ले पारित गरेको पहलमाथि सिनेटले बहस सुरु गरेपछि मेक्सिको सिटीमा भेला भएका प्रस्तावविरोधी नागरिकले प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालत र अन्य न्यायाधिकरणका न्यायाधीशहरूको साथसाथै न्यायिक प्रशासकहरूको निर्वाचनको पक्षमा प्रस्तावित सुधार योजना रहेको छ ।

यो प्रस्तावले संयुक्त राज्य अमेरिकासँग कूटनीतिक तनाव बढाएको छ भने विपक्षीहरूलाई सडकमा ओरालेको छ र वित्तीय बजारलाई अस्तव्यस्त बनाएको छ।

सिनेटमा प्रदर्शन गरेका प्रदर्शनकारीले बुधबार उक्त प्रस्तावमाथि मतदान हुने अपेक्षा गर्दै ‘न्यायपालिका ढल्ने छैन’ भन्ने नारा लगाएका थिए।

सिनेटका समितिहरूले आइतबार राति उक्त विधेयकलाई अनुमोदन गरेका थिए र त्यसको एक दिनपछि मतदान हुनुअघि मङ्गलबार सिनेटको पूर्ण बैठकमा प्रस्तुत हुने अपेक्षा गरिएको छ ।

लोपेज ओब्राडोरका विरोधीहरूले सर्वोच्च अदालतलाई यस विषयमा हस्तक्षेप गर्न आग्रह गरेका छन् तर लोपेज ओब्राडोरले अदालतलाई त्यसा गर्ने कुनै कानुनी आधार नभएको बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?