नेपालदेखि जापान: दुःखको भुमरीमा मेरो यात्रा

नेपालदेखि जापान: दुःखको भुमरीमा मेरो यात्रा

अर्थ चौतारी

नेपालदेखि जापान: दुःखको भुमरीमा मेरो यात्रा

A A- A+

जानुका रिमाल जापान । अङ्ग्रेजी मिति २०२४-०३-२३ गतेका दिन म मेरो सपना को सहर जापान उडे जिन्दगीको भागदौडले मलाई नी परदेशी बनायो सायद यो सपना भनु या बाध्यता दुवै भन्दा फरक नपर्ला। नेपाल हुँदा कहिले विदेश जाऊ हुने यो मन् अहिले नेपाल जान पाएपनि हुनेथियो झै लाग्छ,आकाशमा हवाई जहाज उडेको देख्छु तब नेपाल जाने कहिले होला भन्ने जस्तो सोच मनमा आउँछ जब सपनाको सहर जापान आइपुगे हेर्दा रमाइलो सफा सहर भएपनि मन् त उतै नेपालमै छोडेर आएकी रहेछु।

यता देख्दा हेर्दा राम्रा लाग्ने कुराहरूतिर पटक्कै मन लागेन न खाना मिठो लाग्यो न त पानी नै सबै कुरा परिवर्तन भएको भान भयो, सुत्ने समय उठ्ने समय देखि बोल्ने भाषा समेत परिवर्तन भयो जापान आएको पहिलो हप्ता घुमघाम यताको 'सुपा मिसे गाक्को' सब चिने त्यसपछि काम पनि सुरु भयो जिन्दगीमा पहिलो पटक गरेको त्यही रात होला जब ९ घण्टा सम्म नबसेर नै काम गरे,त्यो क्षण त्यो पल मेरो जिन्दगीको कुनै पलमा म भुल्ने छैन। कति नराम्रो भान भएको थियो ।

त्यही पनि जीन्दगी हो भन्दै अघि बढ्नु छ, घरबाट आएको बैंकको लोन छ, मेरो सपना छ भन्दै यो बिरानो सहरमा एक्लै हिँड्न सिक्दै गए। बिहान उठ्ने बितिकै साइकलको पाईडल मार्दै गाक्को जाऊ अनि त्यतै बाट काम सायद जापान हेर्दा देख्दा राम्रो लागेनी विद्यार्थीहरुले भोग्ने पिडा छुट्टै हुन्छ। कति समय त कक्षा कोठामा समेत निदाईन्थ्यो, निन्द्रा सँगै पिडा लाई निरन्तरता दिनै पर्थ्यो तर पनि यहाँको जीवनस्तरले यो भएपनि बाँच्न अघि बढ्ने हौसला र सार्थकता चाहिँ दिएको आभास हुन्छ। त्यस्तै धेरै जापानिज भाषा नबुझेनी बोल्दै सिक्दै कसरी ५ महिना कट्यो थाहै भयन समय गएको पनि पत्तै नचल्दो रहेछ।

सपना र वास्तविकताको बिचको दूरी केवल केही हातका उचाइको मात्र हो, तर त्यसले जीवनको बाटोलाई अनन्तमा पुर्याउन सहयोग गर्छ भन्ने लाग्यो। आफ्नो जन्मभूमि छोडेर नयाँ संसारमा पसेर यात्रा गर्दा अनुभव गर्ने पीडा गहिरो, अन्तरदृष्टिपूर्ण र व्यक्तिगत हो। काँधमा खादा वा माला लगाएका युवा र युवती बिदाइमा तिनलाई अँगालो हालिरहेका प्रियजन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पटाङ्गिनी विदेश जाने युवा र युवती तिनका आफन्तजनले खचाखच भरिएको हुन्छ। दिनहुँ सरदर दुई हजार ४०० भन्दा बढी युवा र युवती मुलुक छोडेर काम र पढाइका लागि विदेश उड्न थालेपछि विमानस्थलमा सधैं घुइँचो लाग्छ। यसरी देश छोडिरहेकामध्ये कैयौं युवा युवतीले सधैंका लागि विदेशमा बसोबास गर्ने योजना बनाएका हुन्छन् र यही भिडमा म पनि एक परे कुनै बेला नेपालमै केहि गर्न पर्छ भनेर बसेकी म एक्कासी पराइको देस उड्ने सपना बनाए र जापान उडे।

त्यहाको मेरो जिबनको यथार्थ केलाउन तर्फ लागे। देस छोड्नासाथ पहिलो र प्रमुख चुनौती भनेको घरको याद आउनु हो। घर भनेको केवल भौतिक संरचना मात्र होइन, यो स्नेह र यादहरू, रास्ट्र र संस्कृति, र पहिचानको एक हिस्सा हो। एक विधार्थिका लागि, यसका थुप्रै भावनात्मक प्रभाव हुन्छन। परिवार, साथीहरू, र स्नेहीहरूको साथमा बिताएका क्षणहरू सम्झनु निकै कठिन हुन्छ। विशेष गरी, जब आफ्ना आफन्त छोडेर नयाँ ठाउँमा बस्न थाल्छ, त्यहाँको सामाजिक परिप्रेक्ष्य र सम्बन्धको कमीलाई महशुस गर्न थाल्छन। नयाँ देशमा भाषिक बाधा एक प्रमुख चुनौती हो। भाषा बुझ्न र बोल्न कठिनाइले समाजमा घुल्न र स्थानीय गतिविधिहरूसँग सामन्जस्य राख्न समस्यामा पार्छ। नयाँ संस्कार र सामाजिक व्यवहारको अध्ययन गर्नुपर्ने हुन्छ।

यो भिन्नता कहिले काही असहज र अनजान पनि लाग्छ तर के गर्नु हामीले आफ्नो देस छोडेर आइसके पछि अर्काको देशमा काम गर्नै पर्छ अर्काको देशमा आमाको काख जस्तो नहुदो रहेछ, घरबाट टाढा हुनु र सबै जिम्मेवारीहरू आफ्नै माथि राख्नु एक ठूलो कदम हो। यसले आत्मनिर्भरता र जिम्मेवारीको भावना पनि ल्याउँछ। गएको ५ महिनामा जापानमा एन फोर समेत मैले पास गरे केहिहद सम्म सफलता पाएको महसुस गरे। सायद अब कति दु:ख र भोगाइ बाकी छन् त्यो पनि म जति सक्दो खुसिका साथ झेल्ने कोसिस गर्नेछु।

दुःखसाथ भन्नुपर्छ देश दुखेर मात्र के गर्नु ? राक्षसी राज र भ्रष्ट लुटेराहरूको संसारमा हामीजस्ता स्वाभिमानी करोडौं नेपालीमात्र होइन, उनीहरूका सीमित आसेपासे र मतियारहरूबाहेक अब कोही पनि नागरिकको अर्थ देखिन छोडेको छ। किनकि जो सत्य, न्याय, धर्म, कर्म, अनुशासन, नैतिकता, सदाचार र विधिको शासनमा विश्वास गर्छन्, तिनलाई अटाउन गाह्रो हुन थालेको छ। स्वाभिमान बेच्नेहरूका लागि देश जस्तो छ, आमजनताले महसुस गर्ने देश पृथक् छ। त्यो कहाँ छ ? सामान्य नागरिकले पत्तो लाउन सक्ने अवस्था छैन।

जानी नजानी मैले भोगेको मेरा जिबनको भोगाई लेख्ने कोसिस गरेको छु सायद यहि नै होला जिन्दगी 😥

लेखक्✍️:जानुका रिमाल

हाल बिरानो सहर जापान🎌

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?