काठमाडौं, २३ भदौ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंका निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराई निजामती सेवा पुरस्कार–२०८०/०८१ बाट सम्मानित भएका छन् । २१औं निजामती सेवा दिवसको अवसरमा सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ५० हजार राशीसहितको सो पुरस्कार प्रदान गरेका हुन् ।
अहिले निजामती सेवामा १ लाख २५ हजार कर्मचारीहरु छन् । २१औं निजामति सेवा दिवसको अवसरमा भट्टराईसहित ३० जना कर्मचारी पुरस्कारसहित सम्मानित भएका हुन् । भट्टराईले काठमाडौं जिल्लामा २०७९ सालको स्थानीय तह, संघ र प्रदेश (तीनै तहको) निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका खेलेका थिए । भट्टराई वि.सं. २०५५ सालमा निजामती सेवामा प्रवेश गरेका थिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच