काठमाडौं, २० भदौ । सरकारले ४९२ जना कैदीबन्दीको कैद कट्टाको सिफारिस गरेको छ । संविधान दिवसको अवसरमा सरकारले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम ५० प्रतिशत कैद भुक्तान गरेका ४१९ जना, जेष्ठ नागरिक ऐन, २०६३ को दफा १२ को व्यवस्था बमोजिम कैद भुक्तान गरेका २ जना र बारदात हुँदाको तत्काल प्रचलित कानुन आकर्षित हुने भनी सर्वोच्च अदालतबाट आदेश भएको २०७५ भदौ १ गतेभन्दा पहिलाको बारदात भई ४० प्रतिशत कैद भुक्तान गरेका ७१ जना गरी ४ सय ९२ जनाको कैद कट्टा सिफारिस गरेको हो ।
कारागार व्यवस्थापन विभागले कैद कट्टाको सिफारिसमा परेकाहरुको सूची सार्वजनिक गर्दै कुनै उजुरी वा गुनासो भए सूचना प्रकाशित भएको ७ दिनभित्र प्रमाणसहित विभागमा उपस्थित भई वा ई–मेलमार्फत उजुरी दर्ता गराउन भनेको छ ।
सिफारिमा परेकाहरुमा कर्तव्य ज्यान, बहुविवाह, सवारी ज्यान, सरकारी छाप, दस्तखत किर्ते, डाका, चोरीदेखि गैडा मारेको मुद्दामा दोषी ठहर भएकासमेत छन् । कैद कट्टाको लागि सहमति दिनेमा पीडित स्वयं, पीडितका आफन्त र मृतककी श्रीमतिसमेत छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच