यौन इच्छा हरायो? यसो गर्नुहोस!

यौन इच्छा हरायो? यसो गर्नुहोस!

अर्थ चौतारी

यौन इच्छा हरायो? यसो गर्नुहोस!

A A- A+

काठमाडौं– मानिसमा यौनको उत्तेजना मनोवैज्ञानिक तरिकाबाट निस्कन्छ। जब यौनका बारेमा सोचिन्छ वा यौनक्रिया अगाडि हाम्रो सोचाइले मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीबाट उत्तेजनाको सुरुवात हुन्छ, तब हर्मोन सञ्चालन भई हाम्रो यौन अंगलाई उत्तेजित पारी पुरुष र महिलाका यौनांगबाट एक प्रकारको रस निस्कन्छ। जसले वंशाणुगत गुण सन्ततिमा सार्न सहयोग गर्छ र मानिसलाई उत्तेजित तथा आनन्दित बनाउँछ।

यौन इच्छा नहुने समस्या पुरुष तथा महिलामा हुने एक जटिल समस्या हो। यौन इच्छा नहुँदा बाँझोपन पनि देखा पर्न सक्छ तर यौन इच्छा हुँदैन भन्ने कतिपय बिरामी अन्य रोगबाट पनि अदृश्य रुपमा पीडित भइरहेका हुन्छन्। खासगरी डिप्रेसन रोगका कारण पनि यौन इच्छामा कमी हुन्छ। हर्मोनको गडबडी, मानसिक तनावको कारण मुख्य हुन सक्छन्। यौन मनको उत्तेजनामा सम्बन्धित हुने भएकाले खुसी हुँदा यौन इच्छा बढ्ने र चिन्ता पर्दा यौन इच्छा घट्ने हुन्छ। भनिन्छ, यौन उत्तेजनामा परिवर्तन गरी मानिसलाई १० वर्ष उमेर घटाउन सकिन्छ।

तपाईंले जिज्ञासामा अन्य कुरा उल्लेख नगरेका कारण तपाईमा पनि कुनै चिन्ता वा तनाव तथा अन्य केही समस्याको कारण यौन इच्छा नभएको हुन सक्ने संका गर्न सकिन्छ। त्यसकारण तपाईले एक पटक चिकित्सककहाँ गएर उचित सल्लाह लिनु राम्रो हुन्छ। राम्रो कुरा देख्दा, सुन्दा, सिनेमाका कुरा मनमा आउँदा र प्रफुल्ल हुँदा मानिसको यौन उत्तेजना सकारात्मक हुन्छ र यौनक्रियामा बढी सक्षम देखिन्छन्। तर, तनावमा परेको वा अनेकौं जटिल समस्या दैनिक क्रियाकलापमा आउँदा यौन इच्छा एकाएक घट्छ।

यौन इच्छामा उमेरको पनि ठूलो हात हुन्छ। वयस्कमा यौन इच्छा बढ्दै जान्छ भने उमेर ढल्किँदै जाँदा यौन इच्छा क्रमशः घट्दै जान्छ। यौनक्रिया अत्यन्त गोप्य कुरा भएकाले आफ्नो समस्या लामो समयसम्म सहेर बस्ने बिरामी पनि धेरै छन्। तपाईको उमेर भर्खरै ३८ वर्ष भएकाले यो उमेरमा तपाईको यौन जीवन भव्य हुनुपर्ने हो। तर, यो उमेरमा नै तपाईले यौन जीवन स्वस्थ नभएको जिज्ञासामा उल्लेख गरेकाले छिट्टै आफ्नो पाएक पर्ने स्थानमा गएर चिकित्सकलाई आफ्नो समस्याका बारेमा विस्तृतमा बताउन र चिकित्सकको सल्लाहबमोजम जान सुझाब दिन्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?