काठमाडौँ । मन्त्रालय परिवर्तन भएपछि गण्डकीका स्वतन्त्र प्रदेश सांसद तथा मन्त्री दीपक मनाङे असन्तुष्ट बनेका छन् । यसअघि मनाङेले सम्हालेको भौतिक मन्त्रालय नयाँ समीकरणपछि एमालेको भागमा परेको थियो ।
त्यसपछि उनलाई वन तथा वातावरण मन्त्रालय छुट्टाइएको थियो । त्यसमा असन्तुष्टि जनाउँदै मनाङे सोमबार मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा गए पनि कार्यभार नसम्हालेका हुन् ।
उनले वन मन्त्रालय नस्विकार्ने बताए । ‘वन मन्त्रालय मैले स्वीकारेको छैन । मुख्यमन्त्रीज्यूसँग कुरा गर्दैछु’ उनले भने । कुरा नमिले राजीनामा दिने उनको चेतावनी छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच