इजरायलका लागि प्रस्तावित राजदूत पण्डितले संसदीय समितिमा पेश गरे कार्ययोजना

इजरायलका लागि प्रस्तावित राजदूत पण्डितले संसदीय समितिमा पेश गरे कार्ययोजना

अर्थ चौतारी

इजरायलका लागि प्रस्तावित राजदूत पण्डितले संसदीय समितिमा पेश गरे ...

A A- A+

काठमाडौं, १७ भदौ । इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले संसदीय सुनुवाइ समितिमा कार्ययोजना पेश गरेका छन् । आज (सोमबार) समितिको बैठकमा उनले कार्ययोजना पेश गरेका हुन् । पण्डितले आफू अनुमोदित भएर राजदूत भएमा बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुने गरी नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ एवं मजबुत बनाउन प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सूचना प्रविधि र बौद्धिक कृतिमताको क्षेत्रमा इजरायली विशेषज्ञहरुबाट नेपालले धेरै राम्रो लाभ लिनसक्ने दाबी गर्दै उनले त्यसतर्फ युवाहरुलाई विशिष्ट तालिम तथा प्रशिक्षणको अवसर सिर्जना गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै, वैदेशिक रोजगारीका लागि मनपर्दो गन्तव्य इजरायल रहेको उल्लेख गर्दै उनले यसतर्फ पनि सुधारको काम गर्ने बताएका छन् ।

त्यस्तै, प्रस्तावित राजदूत ..ले नेपालीहरुलाई कृषि क्षेत्रको अध्ययन, भ्रमण गर्ने थप अवसर विकासको लागि पहल गर्ने उल्लेख गरेका छन् । जनशक्ति विकास, लगानी, पर्यटन र सहयोगको क्षेत्रमा पनि काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?