काठमाडौं, १७ भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकार पक्षले सर्वोच्चमा पुनरावेदन गर्ने भएको छ । उच्च सरकारी वकिलको कार्यालयले हिजो (आइतबार) रायसहितको फाइल पुनरावेदनका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको छ ।
जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो । उच्च अदालत पाटनबाट लामिछानेले सफाइ पाएसँगै उक्त घटनामा पीडित भनिएकी गौशाला–२६ (परिवर्तित नाम) ले मुद्दा अगाडि नबढाइदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिईन् । गौशाला–२६ ले अरुको दवाब र उक्साहटमा लागेर लामिछानेविरुद्ध जाहेरी दिएकोसमेत निवेदनपत्रमा खुलाएकी थिईन् ।
लामिछानेविरुद्ध पुनरावेदन नजान भन्दै पीडित भनिएकी गौशाला–२६ ले दिएको निवेदनलाई समेत साथमै राखेर मुद्दा अगाडि बढाउने तयारी रहेको बताइएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच