चीनका लागि प्रस्तावित राजदूतले भने– सी चिनफिङलाई नेपाल भ्रमण गराउन पहल गर्छु

चीनका लागि प्रस्तावित राजदूतले भने– सी चिनफिङलाई नेपाल भ्रमण गराउन पहल गर्छु

अर्थ चौतारी

चीनका लागि प्रस्तावित राजदूतले भने– सी चिनफिङलाई नेपाल भ्रमण ...

A A- A+

काठमाडौँ । चीनका लागि प्रस्तावित नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले आफू राजदूत भएमा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायतलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् । यस्तै नेपालतर्फबाट पनि यस्तै उच्चस्तरीय भ्रमण गराउने आफ्नो पहल कदमी हुने उनको भनाइ छ ।

संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना पेस गर्दै उनले दुवै देशका राष्ट्र प्रमुख, सरकार प्रमुख र उच्चपदस्थ व्यक्तिहरूको भ्रमण आदान प्रदान गर्न प्रयत्न गर्ने बताएका हुन् ।

नेपाली विद्यार्थीलाई चीनमा उच्च शिक्षाको अवसर प्राप्त भइरहेको भन्दै उनले यस सन्दर्भमा छात्रवृत्तिको सङ्ख्या बढाउन र अध्ययनमा विविधीकरण गर्न चीन सरकारलाई अनुरोध गर्ने पनि बताएका छन् ।

यस्तै चीनमा विभिन्न पेसा, व्यवसाय तथा शोधकार्यमा संलग्न नेपालीकारुको अनुभव, सीप र पुँजीलाई राष्ट्र निर्माणमा सहयोग गर्न प्रयास गर्ने पनि उनको कार्ययोजनामा उल्लेख छ । यस्तै नेपालका विभिन्न क्षेत्रहरूमा लगानी प्रवर्द्धन गर्न पहल गर्ने पनि उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?