घोडाघोडी नगरपालिकाको प्रधानाध्यापक नियुक्ति विवादमा, नसच्चिए आन्दोलन गर्ने विद्यार्थीहरूको चेतावनी

घोडाघोडी नगरपालिकाको प्रधानाध्यापक नियुक्ति विवादमा, नसच्चिए आन्दोलन गर्ने विद्यार्थीहरूको चेतावनी

अर्थ चौतारी

घोडाघोडी नगरपालिकाको प्रधानाध्यापक नियुक्ति विवादमा, नसच्चिए आन्दोलन गर्ने विद्यार्थीहरूको ...

A A- A+

कैलाली  । घोडाघोडी नगरपालिकाले विभिन्न विद्यालयमा गरेको प्रधानाध्यापक नियुक्ति विवादमा परेको छ । संघीय शिक्षा ऐन विपरीत नगरपालिकाले प्र अ नियुक्त गरेको भन्दै विवादमा तानिएको छ । यसैबिच पहलमानपुरस्थित श्री कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरूले नगरपालिकाले आफ्नो निर्णय सच्चाउन माग गरेका छन् ।  शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर सिंहलाई विद्यार्थीहरूले माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनीसहितको प्रेस विज्ञप्ति बुझाएका छन् । नयाँ प्र अ पठाउने भन्ने सूचनाप्रति हामी अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको ध्यान आकर्षित भएको छ । प्रधानाध्यापक परिवर्तन तथा शिक्षक सरुवा कानुन सम्मत र विद्यार्थीहरूको पढाइलाई प्रभावित नपर्ने गरी गरिनुपर्छ ’ नगरपालिकामा विद्यार्थीहरूले बुझाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विद्यालय यहाँसम्म ल्याई पुराउन शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रहेको उनीहरुले बताएका छन् ।


अभिभावकले मुठ्ठी र शिक्षकहरूले न्यून तलब खाएर विद्यालयको विकासमा अहोरात्र खटिनुभयो र आज नगरमै सर्वोकृष्ट विद्यालय बन्न सफल भएको विद्यार्थीहरूको दाबी छ ।
‘यसैबिच यस विद्यालयको प्र। अ। परिवर्तन र शिक्षक सरुवा गर्ने भन्ने नगरपालिकाको योजनाले शैक्षिक वातावरण खलबलिने मात्र नभई हामी विद्यार्थीको पढाइमा पनि नकारात्मक असर पार्ने देखिन्छ । त्यसैले नगरपालिकाको यस योजना र कार्यप्रति घोर विरोध जनाउँदछौँ । ’ विद्यार्थीहरूले बुझाएको विज्ञप्तिमा भनिएको  ‘नगर सरकारको काम लथालिङ्ग भई शैक्षिक उपलब्धी हासिल गर्न नसकेमा विद्यालयलाई राम्रो बनाउने हुन् पर्छ न कि राम्रो भइरहेका विद्यालयलाई खचमच्याएर वातावरण धमिल्याउने हो। ’
प्रत्यक्ष हाम्रो विद्यालयसँग र हामीलाई पढाइरहनु भएको शिक्षक प्र।अ। हुँदाहुँदै बाहिर विद्यालयबाट नयाँ प्र।अ। ल्याएर यस विद्यालयमा नेतृत्व दिने नगरपालिकाको कदम स्वीकार नगर्ने विद्यार्थीहरूले जनाएका छन् । उनीहरुले आफ्नो निर्णयमाथि पुनर्विचार गर्न घोडाघोडी नगरपालिकालाई आग्रह समेत गरेका छन् ।
‘१४ गते बिहान १० बजेसम्म निर्णय नसच्चाइएमा हामी सम्पूर्ण विद्यार्थीहरू आन्दोलन गर्न बाध्य हुने छौँ । त्यसपछि आउने परिणामको भागीदार  नगरपालिका हुनेछ’ विद्यार्थीहरूले विज्ञप्तिमा भनेका छन् । श्री कान्ति राज्य लक्ष्मी मा पहलमानपुरका सम्पूर्ण विद्यार्थीहरूको तर्फबाट नगरपालिकालाई पत्र बुझाएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?