रंग फेर्ने कुरामा प्रचण्ड र छेपारोको प्रतिस्पर्धा गराइदिऊँ : गोकुल बास्कोटा

sf7df8f}F, #@ ;fpg M k|ltlglw;ef a}7sdf ;b:o afF:sf]6f k|ltlglw;efsf] ;f]daf/ a;]sf] a}7s z'? eP;Fu} k|d'v k|ltkIf bn g]skf -Pdfn]_ sf ;b:o cfcfˆgf 7fpFaf6 pleP/ lj/f]w hgfPkl5 dGtJo /fVb} ;b:o uf]s'nk|;fb afF:sf]6f . tl:a/M /Tg >]i7÷/f;;

रंग फेर्ने कुरामा प्रचण्ड र छेपारोको प्रतिस्पर्धा गराइदिऊँ : गोकुल बास्कोटा

अर्थ चौतारी

रंग फेर्ने कुरामा प्रचण्ड र छेपारोको प्रतिस्पर्धा गराइदिऊँ : ...

A A- A+

काठमाडौं- नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रंग फेर्नमा सिपालु भएको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्ने क्रममा उनले नेपाल विद्युत् प्राधिकरणको २२ अर्ब बक्यौतामध्ये १६ अर्ब छुट दिने निर्णय गरेका तत्कालीन प्रधानमन्त्री प्रचण्डले नै अहिले दोहोरो कुरा गर्न थालेको थियो ।

‘प्रचण्डकै पालामा २२ अर्ब बक्यौतामध्ये १६ अर्ब छुट दिने निर्णय भएको हो । अनि अहिले उहाँ नै अरूलाई दोष लगाएर दोहोरो कुरा गरिरहनु भएको छ’, उनले भने, ‘प्रचण्ड रंग फेर्न धेरै सिपालु, उहाँले छेपारालाई पनि उछिन्ने देखियो । बरु प्रचण्ड र छेपाराबीच रंग फेर्ने प्रतिस्पर्धा गरिदिऊँ ।’

उनले विद्युत् प्राधिकरणको बक्यौता उठाउन रोक्ने काम प्रचण्डले नै गरेको बताए । तत्कालीन अवस्थामा सरकारका रहँदा प्रचण्डले नै दुईवटा पत्र लेखेर बक्यौता उठाउन रोकेको दाबी पनि उनले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?