टोकियो, १३ भदौ । जापानमा आएको शक्तिशाली आँधी सानसानले जापानको दक्षिणपश्चिमी प्रान्त कागोसिमामा अवतरण गरेको जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले बिहीबार जनाएको छ ।
यस वर्षको १० औँ आँधी, सानसानलाई ‘धेरै शक्तिशाली’ आँधीका रूपमा वर्गीकृत गरिएको छ । जापान मौसम विज्ञान निकायले लगभग १५ किलोमिटर प्रति घण्टाको गतिमा सत्सुमासेन्डाई सहर नजिकै उत्तरतर्फ अघि बढिरहेको छ ।
चक्रवात स्थानीय समयअनुसार बिहीबार बिहान ८ बजेसम्म उत्तरमा ३१.५५ डिग्री उत्तरी अक्षांश र १३०.०५ डिग्री पूर्वी देशान्तरमा सरेको र यसको गति १५ किलोमिटर प्रति घण्टा रहेको छ ।
हावाको गति र प्रभावित क्षेत्रहरूबारेको पूर्वानुमान धेरै हदसम्म अपरिवर्तित रहेको जेएमएले जानकारी गराएको छ ।
दक्षिणी क्युसुमा यस अघि नै अत्यधिक बर्षा भएको छ जेएमएले कागोसिमा प्रान्तमा हुरी, उच्च सामुद्रिक छालहरू र आँधीबेहरीको विशेष चेतावनी जारी गरेको छ ।
बासिन्दाहरूलाई पछिल्लो चक्रवातबारे जानकारीलाई अद्यावधिक गर्न र उनीहरूको सुरक्षा सुनिश्चित गर्न सबै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । रासस

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच