योगेश भट्टराईलाई ‘नम्बरी ठग’ भनेको राजन दाहालको स्टाटस जनार्दनले पनि शेयर गरे

योगेश भट्टराईलाई ‘नम्बरी ठग’ भनेको राजन दाहालको स्टाटस जनार्दनले पनि शेयर गरे

अर्थ चौतारी

योगेश भट्टराईलाई ‘नम्बरी ठग’ भनेको राजन दाहालको स्टाटस जनार्दनले ...

A A- A+

काठमाडौं, १३ भदौ । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई १० वर्षे हिंसा भनेपछि अहिले माओवादीका नेता तथा कार्यकर्ता पँक्ति भट्टराईमाथि खनिएको छ । खासगरी माओवादीका सांसदहरुले नै हिजो संसद्मा भट्टराई बोल्नेबित्तिकै नियामापत्ति गरेका थिए ।

अहिलेपनि सामाजिक सञ्जालमा भट्टराईमाथि चर्को आलोचना भैरहेको छ । माओवादी केन्द्रका सांसद राजन दाहालले महान जनयुद्धको बलामा प्राप्त उपलब्धिहरु उपभोग गर्ने अनि महान जनयुद्धलाई हिंसा भन्ने ? भन्दै योगेशलाई बैगुनी केटोको संज्ञा दिएका छन् ।

उनले योगेशलाई नम्बरी ठग नै भनेका छन् । दाहालको उक्त फेशबुकको धारणा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले समेत साझा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?