काठमाडौं– एकीकृत समाजवादीमा १७ पदाधिकारीका लागि मंगलबार भएको निर्वाचनमा केही चर्चित नेताहरु पराजित भएका छन् ।
आज बिहान सकिएको मतगणनाकाे अन्तिम मतपरिणाम अनुसार महिला उपाध्यक्षमा रामकुमारी झाँक्री जयन्तीदेवी राईसँग पराजित भएकी छिन् । राईले १८९ मत पाउँदा झाँक्रीलाई ११२ मत मात्रै प्राप्त भयो ।यस्तै, खुला उपाध्यक्षमा विरोध खतिवडा र डा. विजयकुमार पौडेल पराजित भए । उनीहरुले क्रमशः १२७, १०७ मत प्राप्त गरे ।उपाध्यक्षमा डा. गंगालाल तुलाधर (१८९ मत), जगन्नाथ खतिवडा (१६१) र भानुभक्त जोशी (१५६) र प्रकाश ज्वाला (१३९) विजयी भए ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच