विराटनगरमा आज ऐतिहासिक राधाकृष्ण रथयात्रा, प्रदेशमा बिदा

विराटनगरमा आज ऐतिहासिक राधाकृष्ण रथयात्रा, प्रदेशमा बिदा

अर्थ चौतारी

विराटनगरमा आज ऐतिहासिक राधाकृष्ण रथयात्रा, प्रदेशमा बिदा

A A- A+

विराटनगर । मोरङको विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिँदै छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट यहाँ हरेक वर्ष रथयात्रा निकालिन्छ । रथयात्राका अवसरमा कोसी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

विराटनगरमा वि.सं. १९८८ सालदेखि खटबाट राधाकृष्ण रथयात्रा सुरु गरिएको थियो । २०२५ देखि राधाकृष्णको प्रतिमा रथमा विराजमान गराई नगर परिक्रमा गराउन थालिएको हो ।

तीनपैनी चोकको राधाकृष्ण मन्दिरबाट दिउँसो साढे ३ बजे रथयात्रा सुरु गरिने आयोजक समितिका सचिव कृष्ण कार्कीले जानकारी दिए ।

रथयात्रा तीनपैन, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुग्नेछ । रथयात्रामा पाँच लाख भक्तजन सहभागी हुने आयोजकको अपेक्षा छ । यसका निम्ति विराटनगरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?