दुर्घटनाको उद्धारमा कठिनाइ, ४१ जना थिए बसमा

दुर्घटनाको उद्धारमा कठिनाइ, ४१ जना थिए बसमा

अर्थ चौतारी

दुर्घटनाको उद्धारमा कठिनाइ, ४१ जना थिए बसमा

A A- A+

काठमाडौं । तनहुँमा भएको बस दुर्घटनामा ठूलै हताहती भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार अहिले एसएसपी माधव पौडेलको कमान्डमा ४५ जनाको टोली उद्धारका लागि पुगेको छ । अप्ठेरो भीर भएका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । अप्ठेरो भीर भएका कारणले घाइते र मृतकको उद्धारमा डोरीको सहायताले नदी किनारमा पुग्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको संख्या अझै एकिन भएको छैन । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बस केहीबेरअघि दुर्घटनामा परेको थियो ।

तनहुँका एसपी कृष्ण अधिकारीका अनुसार बसमा ४१ जना सवार रहेको पाइएको छ । उनका अनुसार त्यसमध्ये ३५ जनाको उद्धार भएको छ । जसमा केही मृतक छन् । ६ जनाको अवस्था अज्ञात छ । १४ जना घाइते अवस्थामा रहेका छन् । उनका अनुसार अहिले डोरी बाँधेर उद्धारको काम भइरहेकाले मृतक र घाइतेको संख्या यकिन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?