प्रहरीमा ३० वर्षे सेवा अवधिविरुद्धको रिटमा अन्तरिम आदेश जारी, तत्कालका लागि जागिर जोगियो

प्रहरीमा ३० वर्षे सेवा अवधिविरुद्धको रिटमा अन्तरिम आदेश जारी, तत्कालका लागि जागिर जोगियो

अर्थ चौतारी

प्रहरीमा ३० वर्षे सेवा अवधिविरुद्धको रिटमा अन्तरिम आदेश जारी, ...

A A- A+

काठमाडौं, ६ भदौ । ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकारीहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले अन्तरिम आदेश दिएको छ । आज (बिहीबार) सुनुवाइ गर्दै न्यायाधीश फुँयालको इजलासले ३० वर्षे सेवा अवधिका कारण अवकाश दिने व्यवस्था तत्काललाई कार्यान्वयन नगर्न आदेश दिएको हो ।

उमेर हद बाँकी रहेपनि सेवा अवधि ३० वर्ष पूरा भएको कारण अवकाश जानुपर्ने दिन नजिकिएसँगै वरिष्ठ प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरी अधिकारीहरुले रिट दायर गरेका थिए । प्रहरी उपरीक्षक श्रेष्ठसहित ९० जना प्रहरी अधिकारीहरु आगामी भदौ १५ गतेदेखि सेवा अवधिका कारण अवकाश जाँदैथिए । अदालतको आदेशले उनीहरुको जागिर तत्कालका लागि थामिँएको छ ।

सर्वोच्चले उक्त रिटलाई अग्रधिकार दिँदै पूर्ण सुनुवाइका लागि आगामी असोज १० गते पेशी तोक्न आदेश जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरी किताबखाना समेतलाई विपक्षी बनाई रिट दायर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?