काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले हर्बो इन्टरनेसनलका तत्कालीन प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष पुष्पराज पौडेल पुरुषसँग छलफल गरेको छ । समितिका सभापति सूर्य थापाले पौडेलसँग बिहीबार छलफल गरेको जानकारी दिए । ‘विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीमा संलग्न रहने व्यक्तिहरूमध्ये आज तत्कालीन हर्बो इन्टरनेसनलका प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष पुष्पराज पौडेल पुरुषलाई समितिको बैठकमा बोलाएर सोधपुछ गरिएको छ’ थापाले भने । समितिले सहकारी र संघ–संस्थामार्फत भएको रकम अपचलनको विषयमा संलग्न रहेका व्यक्तिसँग छलफल गरिरहेको छ । समितिले यही भदौको तेस्रो साता संसद्लाई प्रतिवेदन बुझाउँदैछ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच