काठमाडौं, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी धर्मपत्नी राधिका शाक्यलाई जन्मदिनको शुभकामना दिँदै सेवा भाव सधैं कायम राख्न सुझाएका छन् । राधिकाको जन्मदिनको अवसरमा ओलीले आफ्नो फेशबुक पेजमार्फत शुभकामना दिने क्रममा यस्तो सुझाव दिएका हुन् ।उनले जीवनको कठिन र सजिला दुवैखाले दिनमा पनि राधिकाको सेवा भावको स्वभावि कहिल्यै पनि परिवर्तन नभएको भन्दै आगामी दिनमा त्यो कायमै राख्न सुझाव दिएका हुन् ।
ओलीले फेशबुकमा लेखेका छन्–
आज राधिकाको जन्मदिन । जीवनमा कहिले कठिन उकाली आए, कहिले सजिला दिन आए। ती सबै दिनमा राधिकाको एउटा स्वभाव कहिलै परिवर्तन भएन ( त्यो हो सेवा भाव । यो सधैं रहन सकोस्, जन्मदिनको धेरैधेरै शुभकामना राधिका !!

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच