काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा फेला परेको शंकास्पद वस्तु फेला डिस्पोज गरिएको छ । बिहीबार बिहान चन्द्रागिरि नगरपालिका १२ बलम्वु स्कुल नजिकै रहेको एक घरको आगनमा शंकास्पद वस्तु फेला परेको थियो ।
बिहान बलम्वु नजिकै प्रेसर कुकर बम भेटिएको खबर पाएपछि प्रहरी प्रभाग बलम्वुका प्रहरीले सेनालाइ खबर गरेका थिए । सेनाको डिस्पोजल टोली पुगेर डिस्पोज गरेको हो ।
प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले झोलामा प्रेसर कुकर जस्तो देखिने वस्तु रहेको पाइएपछि नागरिकहरुलाई सुरक्षित स्थानमा राखिएको जानकारी गराएका थिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच