एनपीएल लोगोको व्याख्या– क्रिकेट बलका दुई भागले राष्ट्रिय झण्डाको महत्त्वपूर्ण पक्षलाई प्रतिबिम्ब गर्छ

एनपीएल लोगोको व्याख्या– क्रिकेट बलका दुई भागले राष्ट्रिय झण्डाको महत्त्वपूर्ण पक्षलाई प्रतिबिम्ब गर्छ

अर्थ चौतारी

एनपीएल लोगोको व्याख्या– क्रिकेट बलका दुई भागले राष्ट्रिय झण्डाको ...

A A- A+

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सार्वजनिक गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को लोगोको व्याख्या सार्वजनिक गरेको छ । क्यानले आफ्नै आयोजनामा हुने एनपीएल लोगोको व्याख्या मंगलबार सार्वजनिक गरेको हो ।

क्यानले सोमबार लोगोसँगै एनपीएलको मितिसमेत सार्वजनिक गरेको थियो । सार्वजनिक मितिअनुसार एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुनेछ ।

यसरी क्यनले गरेको लोगोको व्याख्या चन्द्र–सूर्य : क्रिकेट बलका दुई भागले नेपाली राष्ट्रिय झण्डाको महत्त्वपूर्ण पक्षलाई प्रतिबिम्ब गर्दछ । बलको सिमले मेचीदेखि महाकालीसम्मको अविरल प्रवाहलाई चित्रांकन गर्दै एक नयाँ यात्राको सुरुआत दर्साउँछ । खुकुरी र क्रिकेट ब्याटको मिश्रणले वीर गोर्खालीको बहादुरीसँगै नेपाली क्रिकेटले विश्वस्तरमा प्रदर्शन गर्ने खेल कौशलको वर्णन गर्दछ ।

वीर गोर्खालीहरूको पौरख र बहादुरीको बलमा स्थापित सार्वभौम देशजस्तै नेपाली क्रिकेट टोलिले पनि विभिन्न आरोह–अवरोहहरू झेल्दै आजको उचाई हाँसिल गर्न सफल भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जसले नेपाली क्रिकेट टोलीको प्रेरणादायी यात्रा झल्काउँदै विश्व क्रिकेट जगतमा सर्वोच्च सफलता हात पार्ने सपनाको बयान गर्दछ ।

NPL_-1724137215.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?