अवैध रूपमा रकम मागेको आरोपमा दुई युवक पक्राउ

अवैध रूपमा रकम मागेको आरोपमा दुई युवक पक्राउ

अर्थ चौतारी

अवैध रूपमा रकम मागेको आरोपमा दुई युवक पक्राउ

A A- A+

होत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–५ का गफुर राइनसँग अवैध रूपमा रकम माग गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीकै रामगोपालपुर नगरपालिका–५ घर भई जलेश्वरमा डेरा गरी बस्दै आएका २४ वर्षीय सुनीलकुमार राउत र १९ वर्षीय करण मण्डल रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।

केही दिनदेखि आफूलाई दुवै युवकले बाटोमा भेटेर चिठीमा लेखेर ९२ हजार रुपैयाँ माग गरेको र धम्की दिने गरेपछि गफुरले प्रहरीमा जानकारी गराएका थिए । सोही जानकारीका आधारमा प्रहरीले शनिबार दुवै युवकलाई जलेश्वर–१ स्थित महादेव मन्दिर परिसरबाट पक्राउ गरेको हो । पक्राउ गरिएका दुवै युवकमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?