कपनमा जुवातास खेलिरहेका नौजना पक्राउ

कपनमा जुवातास खेलिरहेका नौजना पक्राउ

अर्थ चौतारी

कपनमा जुवातास खेलिरहेका नौजना पक्राउ

A A- A+

काठमाडौं । काठमाडौं महानगरपालिका–६, कपन सरस्वतीनगरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ का ४१ वर्षीय बद्री पौडेललगायत व्यक्ति छन् ।

सरस्वतीनगरमा बस्दै आएका उदयपुरको ताप्ली गाउँपालिका–१ का ५० वर्षीय उद्धवराज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शनिबार (हिजो) साँझ उनीहरूलाई नगद ३९ हजार ७२५ रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?