नारायणीसहित यी नदीको बहाव बढ्ने

नारायणी पुल नवलपुर (नवलपरासी), २५ असार ः पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट र चितवनको नारायणगढ जोड्ने नारायणी नदीको पुल । विसंं. २०३८ सालमा बनेको पुल पुरानो भएसँगै पुलको उत्तरतर्फ सिग्नेचर पुल बन्नेगरी शिलान्यास भएर काम अगाडि बढेको छ । तस्बिर ः टेकराज पोखरेल÷रासस

नारायणीसहित यी नदीको बहाव बढ्ने

अर्थ चौतारी

नारायणीसहित यी नदीको बहाव बढ्ने

A A- A+

काठमाडौं । आगामी तीन दिन नारायणीसहितका नदीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, नारायणी, कन्काई, कमला, वाग्मती, राप्ती र यसका सहायक नदीहरूमा बहाव बढ्नेछ । यी नदीमा बहाव बढे पनि जलसतह सतर्कता तलै हुने विभागले जनाएको छ ।

पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका सहायक नदीको जलसतह सतर्कता तहनजिक पुग्न सक्ने पूर्वानुमान गरिएको छ । नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन विभागको अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?