उपसभामुखलाई हटाउने गठबन्धनको तयारीमा माओवादीले गर्‍यो प्रतिवाद, माग्यो जवाफ

उपसभामुखलाई हटाउने गठबन्धनको तयारीमा माओवादीले गर्‍यो प्रतिवाद, माग्यो जवाफ

अर्थ चौतारी

उपसभामुखलाई हटाउने गठबन्धनको तयारीमा माओवादीले गर्‍यो प्रतिवाद, माग्यो जवाफ

A A- A+

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने सरकारको तयारीको विपक्षमा उभिएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसदहरुले विरोध जनाएका हुन्। माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख रानालाई हटाउन खोजे माओवादीले तीव्र प्रतिवाद गर्ने बताए।

उनले भने, ‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा मिडियामा हेरियो। यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तीव्र प्रतिवाद गर्छ। विरोध गर्छ, यस विषयमा स्पष्ट पार्न सभामुखमार्फत् अनुरोध गर्दछु।

माओवादीका सांसद हितबहादुर तामाङले उपसभामुखलाई हटाउने कुरा स्वीकार्य नहुने बताए उनले भने, उहाँलाई महाअभियोग लगाउने कुरा चर्चामा आएको छ। यो हामीलाई स्वीकार्य छैन। यो गलत कदम नचाल्न सरकारलाई आग्रह गर्छु।

यस्तै, माओवादीका अर्का सांसद सूर्यमान तामाङले पनि उपसभामुखमाथि नैतिकताको प्रश्न उठाउनुअघि नक्कली भुटानी शरणार्थी प्रकरणलाई हेर्न सरकारलाई सुझाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?