महालेखा परीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौँ, ३१ साउनः राष्ट्रियसभा बैठकमा सञ्चारमन्त्री गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ सङ्घीय संसद भवन नयाँबानेश्वरमा बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा सदस्यहरुले सोधेको प्रश्नको जवाफ दिँदै । तस्बिरःप्रदीपराज वन्त÷रासस

महालेखा परीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रियसभामा पेस

अर्थ चौतारी

महालेखा परीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रियसभामा पेस

A A- A+

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा महालेखा परीक्षकको ६१औँ प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले महालेखा परीक्षकको ‘६१औँ वार्षिक प्रतिवेदन–२०८१’ सभासमक्ष पेस गरेका हुन् ।

सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको उत्तर टेबुल गरेका छन् । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराएका छन् ।

त्यसै गरी, सार्वजनिक तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन–२०८१’ सभा समक्ष पेस गरेकी छन् ।

स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनबाट पुनः निर्माण, राहत तथा पुनः स्थापनाको काम लक्षित रूपमा अघि बढ्न नसकेको र प्रभावकारी नदेखिएको शर्माले बताइन्  ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक–२०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराइ टेबुल गरेका छन् ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ २ गते आइतबार दिउँसो १ः१५ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?