जनप्रतिनिधि निलम्बनको व्यवस्था स्पष्ट गरौँ : गगन थापा

जनप्रतिनिधि निलम्बनको व्यवस्था स्पष्ट गरौँ : गगन थापा

अर्थ चौतारी

जनप्रतिनिधि निलम्बनको व्यवस्था स्पष्ट गरौँ : गगन थापा

A A- A+

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले जनप्रतिनिधि निलम्बन हुने अवस्थाका विषयमा प्रस्ट हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा उनले निलम्बनबारे स्पष्ट व्यवस्था हुनुपर्ने बताएका हुन् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल क्रममा उनले सार्वजनिक पद धारणा गरेको व्यक्तिका विषयमा एकरूपता ल्याउनुपर्ने उल्लेख गरे ।

“जनप्रतिनिधिको निलम्बनको विषय आयो, पार्टीको विधानले अदालतको फैसलापछि मात्र निलम्बन हुन्छ भन्ने छ । तर, अख्तियारमा जार्च लागेपछि निलम्बन हुन्छ,” उनले भने, ‘एकरूपता ल्याऊँ । निलम्बनको अवधि डिफाइन गरौँ, कति समयभित्र टुंगो लगाउने भन्ने ।

‘सार्वजनिक संस्थाको परिभाषा विस्तार गरेर मेडिकल कलेज, बैंकलगायतलाई किन राख्न चाहेको ?’ भन्दै उनले प्रश्न गरे । “यसको आफ्नो नियमनकारी निकाय छ । आयोगको क्षेत्राधिकारभित्र ल्याएपछि भ्रष्टाचार कम हुन्छ भन्ने आधार के हो ?,” उनले प्रश्न गरे

जिम्मा लिएको कतिपय काण्ड अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टुंगो लगाउन नसकेको उनले बताए । उनले भने, “त्यसकारण यी टुंगो लगाउन पो अख्तियार बढी जिम्मेवार हुने कि ?”

उनले अख्तियारमाथिका आरोप र कामका बारेमा पनि छलफल गरिनुपर्नेमा जोड दिए । “राजनीतिक आग्रहको भरमा अख्तियार कहिलेकाहीँ सेलेक्टिभ मानिसलाई मात्र लाग्छ भन्ने न्यारेटिभ बनेको छ,” उनले भने, “स्थानीय सरकारको विषयमा चलेको मुद्दामा अख्तियार व्यक्तिकेन्द्रित बनेको कुरा छ, यसलाई पनि छलफल गरौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?