मुकुललाई रास्वपाले सोध्यो– साधारण सदस्यबाट किन निष्कासन नगर्ने ?

मुकुललाई रास्वपाले सोध्यो– साधारण सदस्यबाट किन निष्कासन नगर्ने ?

अर्थ चौतारी

मुकुललाई रास्वपाले सोध्यो– साधारण सदस्यबाट किन निष्कासन नगर्ने ?

A A- A+

काठमाडौं । रास्वपाले निवर्तमान महामन्त्री मुुकुल ढकाललाई पार्टीको भ्रम सिर्जना गर्ने काम गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
उनलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पनि भनिएको छ ।

चित्तबुझ्दो स्पष्टीकरण नदिए पार्टीबाट निष्कासन गर्ने तयारीस्वरुप पत्र पठाइएको छ ।

“पार्टीविरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नुपर्ने हो ? आफ्ना आधार प्रमाण तथा भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्नुहुन सुचित गरिन्छ,” स्पष्टीकरण पत्रमा भनिएको छ ।

विभिन्न सञ्चारमाध्यममा आएका धारणाका आधारमा स्पष्टीकरण सोधिएको छ । रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले काटेको पत्रमा मुकुललाई कोट गर्दै लेखिएको समाचारका लिंकहरुसमेत पठाइएको छ ।

मुकुललाई पार्टीले महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिबाट मुक्त गर्दा पुनरावेदन गर्ने समय दिएकोमा पुनरावेदन नगरी संचारमाध्यममा पार्टीहित विरुद्ध बोलेको आरोप लगाइएको छ ।

“..पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गर्ने समय दिइएकोमा पुनरावेदन नगरी तपाईंले सञ्चारमाध्यम लगायत विभिन्न माध्यमहरुबाट पार्टी हित विपरीत गई पार्टी तथा पार्टीका नेताहरुको छवि, इज्जत, प्रतिष्ठा धमिल्याउन लगातार झुठा आरोप लगाउने, अनर्गल प्रचार एवं पार्टी सदस्य तथा शुभचिन्तकहरुलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्ने जस्ता क्रियाकलापहरुमा निरन्तर लाग्नुभएको संलग्न स्रोतहरु समेतबाट देखिएको छ ,” स्पष्टीकरणमा भनिएको छ ।

स्पष्टीकरणमा पार्टीलाई समाप्त पार्ने षडयन्त्रपूर्ण ढंगले अन्य दलका नेताहरुसँग भेटेको सूचना प्राप्त भएको पनि उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?