काठमाडौं । चिकित्सा शिक्षा स्नातक अध्ययन गर्न प्रवेश परीक्षा फराम भरेका तर योग्यता नपुगेका विद्यार्थीको फारम शुल्क फिर्ता हुने भएको छ । कक्षा १२ मा ननग्रेडेड भएका विद्यार्थीको हकमा आयोगले शुल्क फिर्ता गर्ने निर्णय गरेको हो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफ्नो फेसबुकमार्फत् यस्तो निर्णय सार्वजनिक गरेकी हुन् ।
“चिकित्सा शिक्षा अयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा ननग्रेडेड भएका विद्यार्थीले फारम भर्दा तिरेको शुल्क आयोगबाट फिर्ता दिइने जानकारी गराउँछु”, उनले लेखेकी छन् । वर्ष २०८१ को कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ९० हजार ८६८ विद्यार्थी सहभागी भएकामा एकलाख ८७ हजार २१ विद्यार्थी ननग्रेडेड भएका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच