बुटवल । केहीबेरको वर्षाले बुटवलको मुख्य ब्यापारिक क्षेत्र अमरपथ जलमग्न बनेको छ । नालीको उचित निकास र व्यवस्थापन नहुँदा बुटवलको लक्ष्मीनगर क्षेत्रबाट आएको भलले अमरपथ र हाटबजार क्षेत्र जलमग्न भएको हो ।
लेदो माटोसहितको भलले अमरपथ क्षेत्रमा केही समय सवारी साधन चलाउन र आवागमनमा समस्या भएको थियो । स्थानीयले नालीमा जम्मा भएका प्लास्टिक लगायत अवरोध हटाएपछि एक घण्टापछि डुबान हटेको छ ।
बुटवलमा केही समय पहिले पनि वर्षाको पानीको निकास नहुँदा पश्चिम नेपाल बस व्यवसायी प्रालि, रुपन्देही उद्योग संघ र राष्ट्रिय समाचार समितिका कार्यालय डुबानमा परेका थिए ।
बुटवलमा पानी निकास हुने ढलमाथि पनि घर लगायत संरचना बनेकाले उक्त क्षेत्र अहिले थोरै मात्राको वर्षामा पनि डुबान समस्या देखिन थालेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच