बङ्गलादेशमा तेह्र वर्षयताकै उच्च मूल्यवृद्धि

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 82

बङ्गलादेशमा तेह्र वर्षयताकै उच्च मूल्यवृद्धि

अर्थ चौतारी

बङ्गलादेशमा तेह्र वर्षयताकै उच्च मूल्यवृद्धि

A A- A+

ढाका– बङ्गलादेशको मुद्रास्फीति दर ११.६६ प्रतिशत पुगेको छ । यो बङ्गलादेशमा १३ वर्ष यताकै सबैभन्दा बढी वृद्धि दर रहेको बङ्गलादेशको तथ्यांक विभाग (बीबीएस) ले सोमबार जनाएको छ।

मुख्यतया खाद्यान्नको मूल्य वृद्धिका कारण मूल्यवृद्धिदर अस्वभाविक रुपमा बढेको विभागको तथ्यांकले जनाएको छ ।गत जुन महिनामा मूल्यवृद्धि दर ९.७२ प्रतिशत रहेको बीबीएसको तथ्यांकले देखाएको छ । बीबीएसका अनुसार खाद्य मूल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो ।

यसै गरी जुन महिनामा पनि खाद्य मूल्यवृद्धि दर १०.४२ प्रतिशत थियो । गैर–खाद्य पदार्थको मूल्यवृद्धिदर पनि जुनमा ९.१५ प्रतिशतबाट बढेर जुलाईमा ९.६८ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।आर्थिक वर्ष २०२३–२४ मा देशको औसत मुल्यवृद्धिदर बढेर ९।७३ प्रतिशत पुगेको छ जुन आर्थिक वर्षका लागि तय भएको बजेटको लक्ष्य भन्दा धेरै हो ।

तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०२२–२३ मा बङ्गलादेशको मुल्यवृद्धिदर ९।०२ प्रतिशत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?