युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो

तस्बिर : रोयटर्स ।

युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो

अर्थ चौतारी

युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो

A A- A+

मस्को । पछिल्लो समय युक्रेनले रुसी सीमाक्षेत्रमा आक्रमण बढाएको छ ।

युक्रेनको बढ्दो आक्रमक गतिविधिका कारण रुसको सीमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाव ग्लेडकोभले मंगलबार जनाएका छन् । उनका अनुसार, विस्थापितमध्ये लगभग एक हजार मानिस हाल अस्थायी आवास केन्द्रमा बसिरहेका छन् ।

“बिग्रँदो सुरक्षा अवस्थाका कारण सोमबार आफ्नो घर छोडेका क्रास्नोयारुज्स्की जिल्लाका विस्थापितलाई खानबस्नलगायत न्यूनतम आवश्यकताका सामान प्रदान गरी सुरक्षित स्थानमा राखिएको छ,” ग्लेडकोभले भने । उनले वर्तमान स्थितिमा चाँडै सुधार भई विस्थापितलाई छिट्टै घर फर्कन अनुमति जारी गरिने आशा व्यक्त गरे । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?