काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यही साउन २१ गते छापावाल सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यो मूल्य यसअघिको उच्च थियो । मंगलबार सुनको मूल्य त्योभन्दा बढी कायम भएको हो । चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच