काठमाडौं । सन् २०२४ को १९ जुलाईयता हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको छ । ९ अगष्टसम्म पाँच जिल्लाका ४७ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांक छ ।
ललितपुरमा सबैभन्दा धेरै ३४ जना संक्रमित भएका छन् । ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिकाका विभिन्न वडामा हैजा देखिएको जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
यस्तै, काठमाडौंमा दुई, कैलालीमा आठ, प्युठानमा दुई र रुपन्देहीमा एकजनामा हैजा पुष्टि भएको इडीसीडीले जनाएको छ । संक्रमित हुनेमा २० महिला र २७ पुरुष छन् । १४ वर्षमुनिका आठजनामा हैजा पुष्टि भएको इडीसीडीले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच