हैजा संक्रमितको संख्या ४७ पुग्यो, ललितपुर बन्यो हब

हैजा संक्रमितको संख्या ४७ पुग्यो, ललितपुर बन्यो हब

अर्थ चौतारी

हैजा संक्रमितको संख्या ४७ पुग्यो, ललितपुर बन्यो हब

A A- A+

काठमाडौं । सन् २०२४ को १९ जुलाईयता हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको छ । ९ अगष्टसम्म पाँच जिल्लाका ४७ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांक छ ।

ललितपुरमा सबैभन्दा धेरै ३४ जना संक्रमित भएका छन् । ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिकाका विभिन्न वडामा हैजा देखिएको जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यस्तै, काठमाडौंमा दुई, कैलालीमा आठ, प्युठानमा दुई र रुपन्देहीमा एकजनामा हैजा पुष्टि भएको इडीसीडीले  जनाएको  छ । संक्रमित हुनेमा २० महिला र २७ पुरुष छन् ।  १४ वर्षमुनिका आठजनामा हैजा पुष्टि भएको इडीसीडीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?