आतङ्कवादी हमलाको भयसँगै टेलर स्विफ्टको कन्सर्ट रद्द

आतङ्कवादी हमलाको भयसँगै टेलर स्विफ्टको कन्सर्ट रद्द

अर्थ चौतारी

आतङ्कवादी हमलाको भयसँगै टेलर स्विफ्टको कन्सर्ट रद्द

A A- A+

अस्ट्रिया । अमेरिकी गायिका टेलर स्विफ्टको अस्ट्रियामा हुन लागेको कन्सर्ट रद्द भएको छ । कन्सर्टमा आतङ्कवादी हमला गर्ने योजना बनाइरहेको आशङ्कामा अधिकारीहरूले दुई जनालाई पक्राउ गरेपछि कन्सर्ट नै रद्द भएको हो ।
बिहीबारदेखि शनिबारसम्म स्विफ्टका तीन ओटा कन्सर्ट हुन लागेको थियो । सरकारी अधिकारीले हमलाको योजना बनाइरहेको पुष्टि गरेपछि आफूहरुसमक्ष सबैको सुरक्षाका लागि ती कन्सर्ट रद्द गर्नुको विकल्प नभएको स्विफ्टको कन्सर्टको प्रोमोटर बाराकुडा म्युजिकले भनेको छ ।
स्विफ्टको आधिकारिक वेबसाइटमा पनि ती कन्सर्टलाई रद्दको सूचीमा राखिएको छ । बुधबार बिहान प्रहरीले तेरिन्जबाट १९ वर्षिय अष्ट्रियन नागरिकलाई पक्राउ गरेको थियो । ती युवकको घरबाट शंकास्पद विष्फोटक पदार्थ पनि भेटिएको अधिकारीहरूले बताएका छन् । सोही दिन भियन्नाबाट अर्का एक जनालाई पक्राउ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?