रुपन्देही । अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर बाँकेको बगरमा आपत्कालीन अवतरण गरेको छ । काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरलाइन्सको हेलिकप्टर अपरान्ह साढे ४ बजे बैतडीका लागि उडेको उक्त हेलिकप्टरलाई मौसम खराबीका कारण राप्ती सोनारी गाउँपालिका वडा १ को बगरमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जनाए । अहिले त्यहाँबाट कुशुमको सशस्त्रको क्याम्पमा लगिएको उनले बताए । काठमाडौँबाट नेपालगन्ज लागि उडेको उक्त हेलिकप्टर नेपालगन्जपछि बैतडी जाने योजना रहेको समेत उनले खुलाए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच