काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुबबहादुर प्रधानले हतियार नवीकरण गर्न नदिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले विगत ३५ वर्षदेखि आफूसँग रहेको हतियार सरकारले नवीकरण गर्न नदिएको भन्दै आपत्ति जनाएका हुन् ।
‘३५ वर्षदेखि मैले आफ्नै हतियार नवीकरण गरिरहेको अवस्था हो । अहिले प्वाइन्ट टु–टु बोर राइफल लेखिएको कारणले त्यो हतियार रिन्यु नगर्ने अवस्था आयो,’ सांसद प्रधानले भने, ‘यो समस्या मेरोमात्रै होइन, देशभरको हो । यो दुर्गा प्रसाईंको हतियार बरामद पछाडिको घटनाबाट सिर्जित कुरा हो वा के हो यसको जानकारी त मलाई छैन ।’
प्रधानले इजाजत प्राप्त हतियारको नवीकरण नगर्ने हो भने सरकारले ‘सिज’ गरेर हतियारधनीको लागेको खर्च व्यहोर्नु पर्ने पनि बताए ।
‘या त सरकारले राख्न नपाइने हो भने सिज गरेर लिए हुन्छ । त्यसको परल मूल्य फिर्ता गरिदिए हुन्छ,’ सांसद प्रधानले भने, ‘अन्यथा यसलाई सुव्यवस्था गर्नको लागि नवीकरणको प्रावधान लागु गर्नुपर्छ ।’

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच