गायक कामतको शोकमा आधा झण्डा झुकाएर काम गर्दै मधेस सरकार

गायक कामतको शोकमा आधा झण्डा झुकाएर काम गर्दै मधेस सरकार

अर्थ चौतारी

गायक कामतको शोकमा आधा झण्डा झुकाएर काम गर्दै मधेस ...

A A- A+

धनुषा । मधेस प्रदेश सरकारले गायक गुरुदेव कामतको निधनको शोकमा नेपालको झण्डा आधा झुकाएर सरकारी कामकाज गरेको छ । शास्त्रीय संगीतका साधक एवम लोकप्रिय गायक कामतको शोकमा प्रदेश सरकारले आज आधा झण्डा झुकाएर काम गरेको हो ।

गायक कामतको १७ साउनमा (बिहीबार) असामयिक निधन भएको थियो । कामतको असामयिक निधनले स्तब्ध भएको भन्दै सम्मानका लागि आधा झण्डा झुकाउने निर्णय प्रदेश सरकारले गरेको थियो । प्रदेश सरकारको सोही निर्णयबमोजिम आइतबार आधा झण्डा झुकाइएको मुख्यमन्त्री सतिस सिंहले बताए ।

आज दिनभर आधा झण्डा झुकाएर सबै मन्त्रालयलाई कामकाज गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री सिंहले भनेका छन्, ‘गुरुदेवजीको सांगतिक आराधना र उपासनाको यात्रा अत्यन्त कठिन र संघर्षपूर्ण रहँदै आयो, तर पनि जीवनको कठोरतम क्षणसँग लड्दै शास्त्रीय तथा सुगम संगीत परम्परालाई थप सृजनात्मक र उत्कर्षोन्मुख बनाउन उहाँले लागिरहनुभयो ।

जुन स्मरणीय छ, उहाँको सांगतिक स्वरले मधेशको भूमिलाई सदैव गौरव गरिमाबाट विभूषित गरिरहनेछ । यो संगै संगीत शिक्षालाई उहाँले नेपालमा नयाँ दिशा र आयाम दिनुभयो, यहि कारण उहाँको यो योगदानको कदर गर्दै प्रदेश सरकारले झण्डा झुकाउने निर्णय गरेको हो ।’ सिरहाको पतारी गाउँपालिका वडा नम्बर २ पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?