गृहमन्त्री लेखकद्वारा केएमसीको निरीक्षण

गृहमन्त्री लेखकद्वारा केएमसीको निरीक्षण

अर्थ चौतारी

गृहमन्त्री लेखकद्वारा केएमसीको निरीक्षण

A A- A+

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शनिबार काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको निरीक्षण गरेका छन् । केएमसीमा उपचाररत राष्ट्रिय सभा सदस्य बलदेव बोहराको स्वास्थ्य स्थिति बुझ्न पुगेका गृहमन्त्री लेखकले अस्पतालका विभिन्न विभागहरूको निरीक्षण गरेर जानकारी लिएका हुन् ।

गृहमन्त्री लेखकले अस्पतालको क्याथल्याब, एमआरआई, सीटीस्क्यानसहित अत्याधुनिक उपकरणको अवलोकन गरेर त्यहाँको अवस्था बारे जानकारी लिएको अस्पताल प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

निरीक्षणका क्रममा गृहमन्त्री लेखकले केएमसीमा अत्याधुनिक उपकरण र विशेषज्ञ चिकित्सक भएकाले बिरामीहरूले राम्रो उपचार पाउने विश्वास व्यक्त गरे । नेपाली कांग्रेसका सांसद डा।सुनिल शर्मा सञ्चालक रहेको केएमसी स्वास्थ्य उपचारका क्षेत्रमा अब्बल अस्पतालका रूपमा चिनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?