लोकदोहोरी गायिका भूमिकाले गरिन पाँच जना बिरामीलाई आर्थिक सहयोग

लोकदोहोरी गायिका भूमिकाले गरिन पाँच जना बिरामीलाई आर्थिक सहयोग

अर्थ चौतारी

लोकदोहोरी गायिका भूमिकाले गरिन पाँच जना बिरामीलाई आर्थिक सहयोग

A A- A+

काठमाडौं । चर्चित लोकदोहोरी गायिका भूमिका गिरीले पाँच  बिरामीको उपचारका लागि ३१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। बझाङका  सन्देश कुमार थापा  बिदेशमा  लडेर टाउकाे खप्पर झिकेका बिरामीलाई  रु ११ हजार १ सय ११,सिन्धुपाल्चोककी स्तन क्यान्सर सिर्जना खडकालाई रु ५ हजार ५, रमिता कार्की  दोलखा चरिकोटकी मिर्गौला फेल लाई रु ५ हजार ५, नुर्बु शेर्पा  संखुवासभा  नुनडागिका मिर्गौला फेललाई रु.५ हजार ५ र लीला माया कार्की रामेछाप दुरागाउँकी क्यान्सर पीडितलाई  रु ५ हजार ५ पाँच जना बिरामीको  उपचारका लागि रु ३१ हजार १ सय  ३१ रुपैया सो सहयोग प्रदान गरेकी हुन्। गायिका गिरीले  पाँच जना बिरामीको उपचारका लागि थोरै भए पनि  सहयोग होस् भनी आफुले सक्ने आर्थिक सहयोग इन्द्रेणी कार्यक्रम मार्फत गरेको बताइन् । सामाजिक उत्तरदायित्व अन्तर्गत विगत दिनमा पनि एस्ता खालको सहयोग गर्दै आएकी छिन् गायिका गिरिले। पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि बिरामी  उपचारमा समस्या भैरहेको छ  उहाँहरुको उपचार सफल बनाउन आफूले सक्ने सहयोग गर्न सबैमा अनुरोध समेत  गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?