काठमाडौं- तलब बढाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत पुगेका नेपाल प्रहरीक वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई)हरूको पक्षमा सर्वोच्चले आदेश जारी गरेको छ।
पद बढुवा भएर पनि नायव निरीक्षक(सई)कोभन्दा कम तलब पाएका वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई)हरूकोले आफ्नो तलबमान बढाउनुपर्ने माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
बुधबार सर्वोच्चका न्यायाधीशद्वय: सारंगा सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले वरिष्ठ सईहरूको तर्फबाट दायर भएका दुई वटा फरक-फरक रिटमा वरिष्ठ सईहरूको पक्षमा आदेश जारी गरेको हो।
वरिष्ठ सई विनय चन्दसहितका १४ वरिष्ठ सईहरूले १६ पुस २०८० मा र उनीहरुले नै १३ असार २०८१ मा दायर गरेका दुई वटा छुट्टा-छुट्टै रिटमा सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्चले अन्तरिम आदेश जारी गरेसँगै अब पुरानो पदको तलब नयाँ पदमा समायोजन भई वरिष्ठ सईले स्वत विगतको भन्दा थप तलब पाउने र सई र इन्सपेक्टरले जस्तै वरिष्ठ सईले ८ ग्रेडसम्म पाउने अवस्था सिर्जना भएको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच