आगामी तीन दिन नदीहरुमा जल सतह बढ्ने, सतर्क रहन आग्रह

आगामी तीन दिन नदीहरुमा जल सतह बढ्ने, सतर्क रहन आग्रह

अर्थ चौतारी

आगामी तीन दिन नदीहरुमा जल सतह बढ्ने, सतर्क रहन ...

A A- A+

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नदीहरुको हालको अवस्थाबारे जानकारी गराएको छ ।

महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार बिहानको मापनमा कोशी, कर्णाली, नारायणी, महाकाली, बागमती, कन्काई, कमला, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेको जनाएको छ ।

महाशाखाले तीन दिनसम्मको अनुमान गर्दै आज दिउँसो, भोलि र पर्सी नदीहरुमा पानीको बहाव उल्लेख्य रुपमा बढ्ने भएकाले तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज विशेषगरी रामेछाप, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, लमजुङ, कास्की, डोटीलगायत आसपासका जिल्ला भइ बहने ससाना नदीमा बहाव बढ्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?