भारतलाई हराउँदै श्रीलंकाले पहिलाेपटक जित्यो महिला एसिया कप क्रिकेटको उपाधि

भारतलाई हराउँदै श्रीलंकाले पहिलाेपटक जित्यो महिला एसिया कप क्रिकेटको उपाधि

अर्थ चौतारी

भारतलाई हराउँदै श्रीलंकाले पहिलाेपटक जित्यो महिला एसिया कप क्रिकेटको ...

A A- A+

काठमाडौं । महिला एसिया कप टी २० प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ । आज भएको फाइनलमा भारतलाई ८ विकेटले हराउँदै श्रीलंका विजेता बनेको हो । टस जितेर ब्याटिङ रोजेको भारतले ६ विकेट क्षतिमा १६५ रनको बलियो स्कोर खडा गरेको थियो । भारतकी कप्तान स्मृती मन्धनाले ४७ बलमा ६० रन बनाइन् । श्रीलंकाले २ विकेट मात्रै गुमाएर लक्ष्य भेट्टायो । श्रीलंकाले पहिलो विकेट ७ रनमै गुमाएको थियो । भिस्मी गुणरत्ने १ रनमै रनआउट भइन् । तर, कप्तान चामरी अथापट्थु र हर्षिता समराविक्रमाले ८७ रनको साझेदारी गर्दै श्रीलंकालाई जितको बाटोमा डोहोर्याएका थिए । चामरीले ४३ बलमा ६१ रन र हर्षिताले ५१ बलमा ६९ रनको योगदान दिए । चौंथो नम्बरमा आएकी कभिसा दिलहरीले १६ बलमा ३० रन जोडेपछि भारत खेलमा फर्किन सकेन । श्रीलंकाले ८ बल बाँकी छँदै लक्ष्य हासिल गरेको थियो ।श्रीलंकाले महिला एसिया कपको उपाधि पहिलोपटक जितेको हो । भारत आठौंपटक विजेता बन्न वञ्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?